८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

कुटपिट गरी हत्या आरोपमा पक्राउ



रोल्पा ।

रोल्पामा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रोल्पा नगरपालिका ५, छापका ५६ वर्षीय भीमराज घर्तीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २८ वर्षीय मोहन विकलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी मोहनले बिहीबार राति कुटपिट गर्दा सख्त घाइते भएका भीमराजको प्युठानको स्वास्थ्य चौकीमा सामान्य उपचार तथा राप्ती विज्ञान प्रतिष्ठान दाङ हुँदै थप उपचारका लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  ५ : ५२ बजे