११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

अम्बाको पातको यस्ता फाइदा



एजेन्सी ।
हामीले अम्बा खाइरहँदा त्यसको पातको वास्ता गरेका हुदैनौं । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको अध्ययनहरुले देखाएका छन् ।

यी हुन् अम्बाको पातको रस पिउनुका फाइदाहरु

अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजोलाई सफा गर्ने काम गर्दछ ।

अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा मिल्छ ।

यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो बढाउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।

अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि लागि निकै फाइदाजनक हुन्छ ।

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ ।

साथै कपाल र छाला स्वास्थ्य बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।

अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७ मंगलबार ००:००  ९ : २१ बजे