१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बुटवल बजार क्षेत्रमै कार दुर्घटनाबाट क्षतविक्षत, कारमा सवार बाँच्न सफल



रुपन्देही ।
बुटवलको कालिकानगरमा कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा २ जना घाइते भएका छन् ।

बुटवलबाट तिलोत्तमातर्फ जाँदै गरेको बा १२ च ७४५६ नम्बरको कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा देवदहका २९ वर्षीय विपिन ज्ञवाली र २१ वर्षका सुरज सुनार घाइते भएका हुन् ।

घाइतेको बुटवलमा अस्पतालमा उपचार भइरहेको छ । ती दुईमध्ये विपिनको अवस्था मध्यम रहेको र सुरजको अवस्था सामान्य रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । कार भने क्षतविक्षत भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७ बुधबार ००:००  ७ : ०५ बजे