२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कपिलवस्तुका एक पुरुषसहित बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु



बुटवल ।

रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेका कोरोना विशेष अस्पतालमा उपचाररत थप दुईजना संक्रमितको मृत्यु भएको छ।

संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका दुईजना पुरुषको शुक्रबार राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। उनलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको राति १०ः२० बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए। उनलाई मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो। उनीहरु दुवैजना मिर्गौलाको बिरामी रहेको र डायलाइसिस गरिरहेको समेत अस्पतालले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  १ : २१ बजे