१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुका जमसेद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित



मायादेवी अनलाइन, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जमसेद अलि मिया निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा मियाले प्रदेश तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।

लुम्बिनी प्रदेशमा एक जनाका लागि ३ जनाको उम्मेद्वारी परेको थियो । जमसेद अटल सिमेन्टका अध्यक्ष समेत हुनहुन्छ । १० मत पाउँदै उहाँ विजयी बन्नु भएको हो । यद्यपि चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका मियाले एक मतले चुनाव जितेको बताइएको छ । अरु उम्मेद्वारको मतगणना जारी छ । लामो समयदेखि कपिलवस्तुमा उद्योग ब्यवसायको क्षेत्रमा अनुभव संगाल्नु भएका जमसेद सबैका प्रिय मानिनु हुन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  ६ : ४२ बजे