१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।

आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् ।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

उनले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  ५ : ३४ बजे