१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकारले भन्योः ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन स्वीकार्य छैन



काठमाडौं ।

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ ।

तर सरकारले भने यो प्रतिवेदनमा आफ्नो असहमति रहेको र अस्वीकार्य बताएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले वक्तव्य जारी गर्दै सरकारविरुद्ध रहेका, सरकारको प्रगति नचाहने, सरकार विरोधी गतिविधिमा लागेका मान्छेहरुलाई सोधेर प्रतिवेदन तयार पारिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  ५ : ३८ बजे