१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आज लाग्ने रामघाट मेला कोरोनाको कारण प्रभावित, भीँडभाड गर्न प्रशासनको रोक



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तु जिल्लाको रामघाट र लक्ष्मणघाट मेला गर्न यस पटक रोक लगाइएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिका–३ वाणगंगा नदीको रामघाट र वाणगंगा नगरपालिका–६ लक्ष्मणघाटमा आज विशेष मेला लाग्ने गर्दथ्यो । कोरोना महामारी कायम नै रहिरहेकाले भीडभाडले गर्दा संक्रमण थप फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा हस्ताक्षरित सूचनामा कोरोनाको जोखिम कपिलवस्तुमा अझै पनि उत्तिकै रहेको हुँदा भीँडभाड गर्ने अवस्था छैन । यसले थप जोखिम निम्तन सक्ने भन्दै मानिस जम्मा हुने कुनै कार्यक्रम नगर्न भनिएको छ । सुचना अवाज्ञा गर्नेलाइ संक्रमण ऐन २०२० अनुसार कारबाही प्रकृया अघि बढाईने पनि प्रशासनले जनाएको छ ।

रामघाट मेलाको ऐतिहासिकता तथा महत्व
रामघाट मेला कपिलवस्तुकै सबैभन्दा चर्चित धार्मिक मेला हो । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएका कारण पनि टाढा–टाढाबाट तीर्थालु भक्तजनहरू आउँछन् । मेलाका लागि रामघाट तथा लक्ष्मणघाटमा श्रद्धालु भक्तजन आउने गर्दछन् ।

राति २ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी तथा लक्ष्मणघाट मन्दिरमा पूजाआजा गर्नेको लामो लाइन रहने गर्दछ । मेलामा छिमेकी जिल्ला र भारतबाटसमेत तीर्थालु आउने मेला हो, रामघाट । तर कोरोनाको कारण विगतमा जस्तो रमाइलो र भीँडभमड भने छैन । प्रशासनले रोक लगाए पनि राामघाटमा मानिसहरु भने विहानैबाट केही मात्रामा जम्मा भएका छन् ।

यस् स्थानजमा आजको दिन छिमेकी राष्ट्र भारत र जिल्लाका सयौँ संख्यामासाधु, सन्त र जोगी पनि आउने गर्दछन् । त्रेता युगमा भगवान् राम वनवास जाने क्रममा रामघाट आइपुग्दा उनलाई पानी प्यास लागेपछि अर्जुनले वाण हानेर पानी निकालेको धार्मिक किंवदन्तीे छ ।

भगवान् रामले पानी पिएको हुँदा यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको भनाइ छ । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्दै आएका छन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रत्येक वर्ष पूर्णिमा मेलाको अवसरमा विशेष गरी थारू समुदायका मानिसहरूले वाणगंगा नदीमा स्थान गरी गौपूजन गर्ने दान दिने कथा सुन्ने, मुण्डन गरी मनाइन्छ । यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  ६ : ५९ बजे