१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एनसिईको तथ्यः ६४ प्रतिशत बढी बालबालिकामा अनलाइन कक्षा प्रभावहिन



काठमाण्डौ ।

कोभिड(१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ ।
उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरुले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको हो । सिकाइ प्रभावकारी नहुँदा यसको शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरुको भनाइ छ ।

शैक्षिक नागरिक क्षेत्रको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल’ ले ‘नेपालका सार्वजनिक विद्यालयमा कोभिड(१९ को असर’ विषयक विभिन्न प्रदेशका सात जिल्लाका पालिकामा गरेकोे अध्ययनले शिक्षकलाई वैकल्पिक माध्यमको सिकाइबारे तालीम अपर्याप्त नभएको पनि जनाएको छ ।

सरकारले महामारीको स्थितिमा पनि शैक्षिक सत्रलाई खेर जान नदिन सूचना तथा सञ्चार प्रविधिको सहायतामा सञ्चालन हुने गरी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको थियो भने अहिले स्वास्थ्य जोखिमको अवस्था मूल्याङ्कन गरी पालिकाले विद्यालय खोल्न सक्ने गरी विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ जारी गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  ८ : १३ बजे