७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लोक सेवाको परीक्षामा सामेल नक्कली विद्यार्थी प्रहरीले समात्यो



कञ्चनपुर ।
कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा लिइसकेको छ।

लअभिि ष्ल

‘अर्काको परीक्षा दिने र दिन लगाउने दुवैलाई कानुनअनुसार कारवाही हुन्छ। हामी थप अनुसन्धान गर्दैछौं,’ प्रहरी नायब उपरीक्षक अमर थापाले सेतोपाटीसँग भने।

गत शुक्रबार दिउँसो १ बजेदेखि ३(१५ बजेसम्म नेपाली सेनाको सैन्य दर्जाका लागि लिखित परीक्षा भएको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  ९ : ५७ बजे