७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, आज १४ सय ७४ संक्रमित थपिए



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा विभिन्‍न कोभिड अस्पताल तथा आइसोलेसनमा उपचारका क्रममा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, सोही अवधिमा विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, देशभर १९ सय ३१ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभरमा १७ हजार ४२३ जना सक्रिय संक्रमितहरू छन्। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ९११ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख ३७ हजार ७४७ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  ४ : ३६ बजे