१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रियल मड्रिड स्तब्धः जिदान भन्छन्, राजिनामा दिन्नँ



एजेन्सी ।
अन्तिम १६ मा स्थान बनाउने सम्भावना जीवित रहे पनि सो सम्भावना बलियो बनाउने मौका रियल मड्रिडले गुमाएको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा शाख्तर डोनेस्कसँग रियल मड्रिड २–० ले पराजित भएको छ । अवे मैदानमा भएको समूह बी अन्तर्गतको खेलमा दोस्रो हाफमा रियल मड्रिडले दुई गोल खाएको हो ।

शाख्तर डोनेस्कका लागि डेन्टिन्हो र मानोर सोलोमनले गोल गरेका हुन् ।१३ पटकको च्याम्पियन रियल मड्रिडलाई अब अन्तिम १६ मा स्थान बनाउनका लागि समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानको बोरुसिया मोन्चेङ्गग्लाडवाचलाई पराजित गर्नु पर्ने हुन्छ ।

हारपछि तेस्रो स्थानमा झरेको रियल मड्रिडको सात अंक छ । समान सात अंक बनाएको शाख्तर डोनेस्क दोस्रो स्थानमा पुगेको छ ।

इन्टर मिलानसँग ३–२ ले पराजित भएको बोरुसिया ८ अंकसहित शीर्ष स्थानमा छ । पुछारको इन्टर मिलानको पाँच अंक छ ।

पराजित भएको टिम रियल मड्रिडका प्रशिक्षक जोसे मोरिन्होले समय कठिन भए पनि आफूले राजीनामा नदिने बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  ७ : २० बजे