१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टीमा इंग्ल्यान्डको क्लिन स्विप



एजेन्सी ।

इंग्ल्यान्डले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टी(ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तीन खेलको सिरिज ३ ० ले जितेको हो ।

केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा डाविड मालनले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जोस बट्लर ६७ रमा अविजित रहे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । दुई टिमबीच अब तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  ८ : १७ बजे