८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युरोपा लिगः अन्तिम समयको गोलले लेस्टर सिटी स्तब्ध



एजेन्सी ।
युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टर सिटी स्तब्ध भएको छ । अवे मैदानमा भएको खेलमा लेस्टर सिटी जोर्या लुहान्स्कसँग १–० ले पराजित भएको हो ।

लुहान्स्कका लागि ८४ औँ मिनेटमा अल्लायार सय्यदमानेशले गरेको गोल नै निर्णायक बन्यो । हारपछि एक खेल बाँकी हुँदा समूहको शीर्ष स्थानमा कायम रहने सम्भावना लेस्टरका लागि ढुलमुल भएको छ ।

पराजित भए पनि १० अंकसहित लेस्टर समूहको शीर्ष स्थानमै छ । तर दोस्रो स्थानको स्पोर्टिङ्ग ब्रागाको पनि समान १० अंक नै छ ।

उसले बिहीबार राति भएको खेलमा एइके एथेन्सलाई ४–२ ले पराजित गरेको थियो । लेस्टरलाई पराजित गरेको लुहान्स्क ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ७ : १६ बजे