८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एकसिङ्गे गैँडा चोरी शिकारी गर्ने सेनाका भगौडा जवान १५ वर्षपछि पक्राउ



चितवन ।

दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेर भागिरहेका चितवनको भरतपुर महानगरपालिका-२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी १५ वर्षपछि पक्राउ परेका हुन् । २०६२ सालको असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बेचेको अभियोगमा उनी दोषी ठहर भएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । २०६२ सालको असोज १२ गते मुद्दा दायर भएर २०६४ सालको पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने प्रयास गरेपछि नेपाली सेनाका भगौडा चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको पक्राउ परेकाहरुको बयानबाट खुलेको छ । चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेकोसमेत खुल्न आएको अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  १० : ११ बजे