८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बुद्धभूमिको बिजगौरीमा माछापुछ्रे बैंकको शाखारहित केन्द्र



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर-१० स्थित बिजगौरीमा माछापुछ्रे बैंकको शाखारहित बैकिङ सेवा केन्द्र संचालन गरिएको छ । बैंकले आफ्नो क्षेत्र बिस्तार गर्दै त्यहाँ केन्द्र संचालनमा ल्याएको हो ।

नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्वल पाण्डेयले बैंकको संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।

सो अवसरमा मेयर श्रेष्ठले बैंकले गाउँ गाउँमा सेवा बिस्तार गरेकोमा धन्यवाद दिनुभयो । मेयर श्रेष्ठले गाउँ गाउँमा बैंक बिस्तारले जनतालाई सहजता थपेको बताउनुभयो । उहाँले अब बैंकहरु समेत गाउँमुखी समेत हुनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रदेश प्रमुख पाण्डेयले आफनो बैंकले देशका बिभिन्न स्थानमा सेवा बिस्तार गरेको बताउनुभयो । उहाँले अहिले संचालनमा आएको बैंकलाई प्रभावकारी रुपमा सेवा दिने गरी बनाउने बताउनुभयो ।

केन्द्रमा सामाजिक सुरक्षा भत्ताको बितरणको प्रबन्ध मिलाईने छ । तत्कालका लागि रेमिटेन्स सेवा, खाता संचालन, रकम जम्मा लगातयको सुबिधा उपलब्ध गराइने छ । कार्यक्रममा वडाध्यक्ष संदिप पाण्डेय, कपिल तिवारी, देब केसी, मुकुन्द भट्टराई, रोशन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ६ : १५ बजे