११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

भारत अष्ट्रेलिया टी-ट्वान्टी क्रिकेटः अष्ट्रेलिया ११ रनले पराजित



एजेन्सी । भ्रमणकारी टिम भारतले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।भारतले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाए ।यस्तै मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट भए ।सिन एब्बट र मिचेल स्विपसन समान १२र१२ रनमा अविजित रहे ।

भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३र३ विकेट लिए ।रविन्द्र जडेजा घाइते भएपछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै नटराजनको यो टी(ट्वान्टीमा डेब्यु खेल हो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहे ।त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाए । कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाए ।

अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १र१ विकेट लिए ।जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ । यस अघि भारतले एकदिवसीय सिरिज २-१ ले गुमाएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ७ : २१ बजे