३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

नेकपाको वडा कमिटीद्धारा भगलापुरमा श्रद्धाञ्जली सभा



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि योेगदान गर्नुभएका पार्टी सदस्य नेत्रलाल बेल्बासेको नवौं पुण्य तिथीको दिन आइतबार बाणगंगा नगरपालिका वडा नं. ६ वडा कमिटीले भगलापुरमा सभा सम्पन्न गरेको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले स्वर्गीय बेल्बासेले लामो समयदेखि साँस्कृतिक फाँट मार्फत जनसमुदायलाई सचेत पार्दै कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।

अध्यक्ष पोख्रेलले बेल्बासेको निधनले पार्टीलाई अपूरणीय क्षति भएको समेत बताउनुभएको छ । स्वर्गीय बेल्बासे प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष पोख्रेलले शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण पौडेलले बेल्बासेको निधनले पार्टीले एक मेहनती एवं कर्तव्यनिष्ट पार्टी कार्यकर्ता गुमाएको बताउनुभयो । स्वर्गीय बेल्बासेलाई पार्टीले सदैब स्मरण गरिरहने नेता पौडेलले बताउनु भयो ।

जिल्ला सचिवालय सदस्य एवं बाणगंगा नगरपालिका वडा नं ६ का इन्चार्ज युवराज पोख्रेलले स्वर्गीय बेल्बासेको संक्षिप्त जीवनी प्रस्तुत गर्नभएको थियो ।

कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य डम्मर शर्मा, धर्मराज भुसाल, जिल्ला सचिवालय सदस्य बावुराम खनाल, लक्ष्मण बेल्बासे, सरोज खनाल, जिल्ला कमिटी सदस्य हिरालाल पौडेल, जिल्ला सल्लाहकार सदस्य चिरञ्जीवी गिरी, राष्ट्रिय जनमोर्चाका नेता राम प्रसाद बेल्बासे, वडा नं. ६ का वडाध्यक्ष सुकदेव चौधरी लगायतको उपस्थिती रहेको थियो ।

वडा कमिटीका अध्यक्ष नमनारायण न्यौपानेकोे अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन प्रकास भुसालले गर्नुभएको थियो ।

स्वर्गीय बेल्बासले वि.सं. २०५७ सालमा तत्कालिन नेकपा (एमाले)को संगठित पार्टी सदस्यता लिइ निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएको थियो । वि.सं. २०२० सालमा जन्मनुभएका स्वर्गीय बेल्बासेको यहि मङ्सिर १३ गते ५७ वर्षको उमेरमा उपचारको क्रममा बुटवलमा निधन भएको थियो । स्वर्गीय बेल्बासेका एक श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७ आइतबार ००:००  ९ : ०० बजे