३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

कञ्चनमा लाहुरे प्रि ट्रेनिङ सेन्टरको औपचारिक रुपमै उद्घाटन



मायादेवी अनलाइन, जितपुर ।
रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरीचापा चौराहमा अविस्थत लाहुरे प्रि ट्रेनिङ सेन्टरको औपचारिक रुपमै उद्घाटन गरिएको छ ।

त्यस क्षेत्रका विभिन्न ५ जना भूतपूर्व सैनिकहरुले संचालन गरेको ट्रेनिङ सेन्टरको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको हो ।

ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै वडा अध्यक्ष अधिकारीले सेन्टरले यस क्षेत्रका लाहुरे बन्न चाहने युवाको सपनालाई साकार पार्न मद्धत मिल्ने बताउनुभयो । ट्रेनिङ सेन्टर खुलेपछि बुटवल भैरहवा जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

कार्यक्रममा क्याप्टेन कर्ण बहादुर थापा, शेर बहादुर थापा, वडा सदस्य मुम बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो । यस्तै आजै १८ जना युवाहरु ट्रेनिङ सेन्टरमा आएका थिए ।

कार्यक्रम सेन्टरका सल्लाहकार शिर बहादुर पुर्जाको स्वागत तथा उजेली विश्वकर्माको संचालनमा सम्पन भएको हो ।

सेन्टर भूतपूर्व सैनिकहरु शिर पुर्जा, नबिन राकसकोटी, कपिल पुन, सुनिल पुन, गिरीप्रसाद पुन मिलेर संचालनमा ल्याउनुभएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७७ आइतबार ००:००  ९ : ०४ बजे