३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

फिफा विश्वकपः युरोपियन छनोटको ड्र सार्वजनिक



एजेन्सी ।

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ ।

यूईएफएले सोमबार राति समूह चरणको ुड्रु सार्वजनिक गरेको हो । सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ ।

छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ ।समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

कुन समूहमा कुन कुन टिम ?

समूह ए ( पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान

समूह बी ( स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो

समूह सु ( इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया

समूह डी ( फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान

समूह ुइु ( बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया

समूह एु ( डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा

समूह जी ( नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटार

समूह एच ( क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टा

समूह आु ( इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो

समूह जे ( जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ७ : १९ बजे