३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

तेस्रो पटकको मतगणनाबाट पनि बाइडेन नै विजयी भए जर्जियामा



एजेन्सी ।

अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी घोषित भएका छन् । गएको नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आफूबाट नतिजा खोसिएको आरोप बिना प्रमाण लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा जर्जियामा तेस्रोपटकसम्म मतगणना भएको हो ।

सुरुका दुई चरण जस्तै तेस्रो चरणको मत गणनामा पनि ट्रम्प बाइडेन भन्दा पछि नै रहे र जर्जियाले राष्ट्रपतिमा राज्यबाट बाइडेन विजयी भएको पुनः घोषणा गरेको छ ।परम्परागत रुपमा रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेका हुन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् । रिपब्लिकन ब्राडले राष्ट्रपति ट्रम्प र उनको टिमबाट लगातार बिना प्रमाण आधारहिन चुनावी धाँधलीको आरोप लगाइरहँदा त्यसले राज्यलाई असर गरिरहेको भन्दै चेतावनी समेत दिएका छन् ।

ट्रम्पले अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ७ : ४४ बजे