३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

कोरोना अपडेटः संक्रमित २ लाख ४१ हजार ९९५, निधन १६१४, डिस्चार्ज २ लाख २७ हजार ४३३



काठमाडौँ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, संखुवासभामा ६, सुनसरीमा ११, धनुषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २, सिरहामा ३, काठमाडौँमा ३४४, काभ्रेमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १ र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकमा ५, सिन्धुलीमा १, कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासीपूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९, स्याङ्जामा ६, अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नवलपरासीमा १०, पाल्पामा १४, प्यूठानमा १२, बर्दियामा ३, बाँकेमा ९, रुपन्देहीमा ५३, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४, सुर्खेतमा १६, अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोमबार १ हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ। हाल देशभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय २७ जना क्वारेन्टिनमा छन्।

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ७ : ४९ बजे