३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

शिवराजको विरपुर स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा संचालन



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाको विरपुर स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा सुरु भएको छ ।

लामो प्रयास पछि नगरपालिकाले वडा नं. ६ मा रहेको विरपुर स्वास्थ्य चौकीबाट २४ घण्टे प्रसुती सेवा केन्द्र संचालनमा ल्याएको हो ।

प्रसुती सेवाको बुधबार नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, उप मेयर शिवकुमारी थारु, स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले उद्घाटन गर्नुभयो ।

नगरपालिकाको वडा नं. ६, ७, ८ र १० लाई लक्षित गरी विरपुर स्वास्थ्य चौकीबाट प्रसुती सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

सेवा सुरु भएसंगै समयमा उपचार हुन नसकी अब कसैले ज्यान गुमाउन नपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगर उप प्रमुख शिवकुमारी थारुले स्थानीय सरकार आएसंगै यस क्षेत्रका बासिन्दाहरुलाई सरल तरिकाले स्वास्थ्य सेवा संचालनमा आफुहरु लागि परेको बताउनुभयो । साथै होम डेलीभरीलाई शून्य गर्न यस क्षेत्रमा प्रसुती सेवा केन्द्र आवश्यक रहेकाले संचालन गरिएको उपमेयर थारुले बताउनुभयो ।

स्वास्थ्य चौकीका व्यवस्थापन समितिका उपाध्यक्ष तोलेश्वर चौधरीले स्वास्थ्यको दृष्टीकोणले पछाडी रहेको वडाहरुलाई सेवा दिने उद्धेश्यले सेवा संचालनमा ल्याउनु परेको बताउनुभयो ।

शिवराज नगरपालिको कार्य क्षेत्र भित्र ५ वटा प्रसुती सेवा संचालनमा रहेको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  ९ : ३६ बजे