१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु



काठमाडौं ।

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना२क ३२३ नम्बरको मिनीट्रक दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले जानकारी दिए।

थापाका अनुसार घटनामा दुई जनाको ज्यान गएको छ। उनीहरूको अहिले परिचय भने खुलिसकेको छैन। प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २९ मंसिर २०७७ सोमबार ००:००  १२ : २२ बजे