३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

कीर्तिपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो



​काठमाण्डौ ।

काठमाण्डौको कीर्तिपुर नगरपालिका ६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरी पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  ९ : ११ बजे