१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रधानमन्त्री ओलीले गरे बादलसँगै अरु दुई मन्त्रीसँग छलफल



काठमाडौँ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगै भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि छलफल गरेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा ओलीसँग तीनजना मन्त्री पनि देखिएका हुन्।

खुमलटारमा पुगेर आफूसँग असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको वार्तामा कुरा नमिलेपछि ओलीले सिधै पुलचोक आएर आफू निकट मन्त्रीहरुसँग छलफल गरेका हुन्। योसँगै उनले आजै प्रचण्डविरुद्ध थप कदम चाल्न सक्ने अड्कलबाजी भइरहेको छ।

प्रकाशित मिति : ४ पुस २०७७ शनिबार ००:००  १ : ३६ बजे