३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

सुन र चाँदीको मूल्य घट्यो



काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ। छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ। तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा सोमबार कारोबार भएको थियो। यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ३२० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार हुने गरी मूल्य तोकिएको छ।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  १२ : १० बजे