७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

म्यानचेस्टर युनाइटेड लिग कपको सेमिफाइनलमा



एजेन्सी ।
म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ। युनाइटेडले बुधबार भएको क्वार्टरफाइनलको खेलमा एभर्टनलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

खेल सकिन दुई मिनेट बाँकी छदासम्म दुवै टिमले गोल गर्न सकेनन्। ८८ मिनेटमा युनाइटेडका काभानीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए।

दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा मार्सियलले युनाइटेडका लागि दोस्रो गोल गरे। कपको अर्को खेलमा टोटेनहमले स्टोकलाई ३-१ ले हराएर अन्तिम चारमा स्थान बनाएको छ।

अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा टोटेनहम र ब्रेन्टफोर्डबीच आगामी जनावरी ५ मा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ९ : ४१ बजे