३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

ल्याटिन अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु



एजेन्सी ।

ल्याटिन अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ। मेक्सिको कोरोना भाइरसविरुद्धको खोप लगाउनु सुरु गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ। मेक्सिकोमा अग्रपंक्तिमा रहेर संक्रमितको सेवामा खटिएकी नर्सलाई खोप लगाएर बिहीबारदेखि बृहत खोप अभियान सुरु भएको हो ।

बुधबार फाइजर–बायोएनटेकको खोप मेक्सिको पुगेको थियो । खोपको पहिलो खेप आएसँगै बिहीबारदेखि त्या खोप अभियान सुरु भएको हो ।मेक्सिकोपछि चिलेमा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । कोस्टारिकामा पनि खोप अभियान थालिन हुन लागेको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानिसको ज्यान ज्याने देशको सूचिमा मेक्सिको चौथो स्थानमा छ । अमेरिका, ब्राजिल र भारतपछि धेरै ज्यान मेक्सिकोमा गएको छ ।यसैबिच अर्जेन्टिनाले गएको बुधबार रुसी खोप स्पुट्निक भी लाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  ७ : २९ बजे