मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल ‘बलदेव’लाई मातृ शोक परेको छ ।
नेता खनालकी ९५ वर्षकी आमा मुमादेवी खनालको आइतबार राति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई लामो समय देखि श्वास प्रश्वासको समस्या रहदै आएको थियो ।
स्वर्गीय खनालको सोमबार नै आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका ८ भाई छोरा र एक छोरी हुनुहुन्छ ।
यसै बीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ विज्ञप्ती जारी गरी नेता खनालकी स्वर्गीय आमा मुमादेवी खनालप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
यस्तै ओली समूहका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष झविलाल पोख्रेलले उहाँको निधन प्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।












प्रतिक्रिया