१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

लुम्बिनी चिनी मिलका सञ्चालक पर्साबाट पक्राउ, नवलपरासी पठाउने तयारी



काठमाण्डौ ।

नवलपरासीको लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा उहाँलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

पक्राउ परेका अग्रवाललाई नवलपरासी पठाउन तयारी भइरहेको पनि पन्तले जानकारी दिनुभयो । कारबाहीको थप प्रक्रिया नवलपरासीबाटै हुने एसपी पन्तको भनाई छ । अग्रवालले किसानको ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७ बिहिबार ००:००  ३ : ४२ बजे