२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कपिलवस्तुमा पनि राष्ट्रिय टोपी दिवस मनाइँदै, चार नम्बरमा ९ बजे टोपी लगाएर आउनू



मायादेवी अनलाइन, चार नम्बर ।
आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यसैबीच कपिलवस्तुमा पनि राष्ट्रिय टोपी दिवस मनाइँदै छ । बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित चार नम्बरमा दिवस मनाउन लागिएको हो । मायादेवी मिडिया ग्रुप, बाणगंगा वैङ्कर्स क्लव र हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलको संयोजनमा टोपी दिवस मनाउन लागिएको हो ।

विहान ९ बजे चोकमा ढाका टोपी लगाएर एकैछिन उभिने र ढाका टोपीको महत्वपछि कार्यक्रम सकिने जनाइएको छ । नेपाली संस्कृतिको रक्षा गर्न र राष्ट्रियताको लागि पहिलोपटक कार्यक्रम गर्न लागिएको हिलवर्टका प्रवन्ध निर्देशक बुद्धि पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ पुस २०७७ शुक्रबार ००:००  ७ : ५३ बजे