२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध



एजेन्सी ।
म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध लागेको छ। केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको हो ।

यस्तै उनले एक लाख पाउण्ड जरिवाना पनि तिर्नु पर्ने भएको छ । फुटबल एसोसिएसनले काभानीले प्रयोग गरेको भाषा अपमानजनक रहेको ठहर गरेको हो ।

३३ वर्षका काभानी गएको नोभेम्बर २९ मा साउथह्याम्पटनमाथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक ठहर भएको हो । उनले आलोचना भएपछि सो पोस्ट डिलिट गरे र माफी मागे ।

प्रकाशित मिति : १७ पुस २०७७ शुक्रबार ००:००  ९ : ०५ बजे