७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कठिन छैन् मोटोपना घटाउन



एजेन्सी ।
मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ । पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ ।

मोटोपन घटाउन तपाई व्यायाम गर्न समेत अल्छि मान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपन घटाउन सकिन्छ । तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन् ।

यसरी घटाउन सकिन्छ मोटोपन

दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।

जिराले हाम्रो शरीरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन । तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारिक हुने गर्दछ ।

यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न । बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

खाना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् । राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् । दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् । खाना खाँदा चिसो पानी नपिउनुहोस् ।

मैदाले बनेको खानेकुराहरु खाँदै नखानुहोस् । गुलियो र चीनी मोटोपनाको लागि निकै घातक हुन्छ । फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस् । यसले शरीरलाई फाइवर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन ।

प्रकाशित मिति : २१ पुस २०७७ मंगलबार ००:००  ६ : २१ बजे