२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुससमेत निस्केको छ। कुनै समय केपी ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न पछि पर्दैनथे। संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा अध्यक्ष ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेका थिए। तर, आज समय फेरिएको छ। ओलीको मधेसलाई हेर्ने दृष्टिकोणमा स्वार्थ मिसिएको छ। मधेशमा आफ्नो ठाउँ बनाउन अनेक उपाय अपनाउँदै आएका प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा ‘धोती जुलुस’ निकाल्न लगाएका छन्।

ओलीको निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म धोती जुलुस प्रदर्शन गरेका थिए। उपत्यकाका विभिन्‍न स्थानहरूबाट निस्केका सबै र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  २ : २५ बजे