७ असार २०८३, आइतबार | Sun Jun 21 2026

संसद विघटनविरुद्ध डा. गोविन्द केसी सडकमा



काठमाडौँ ।

प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी पनि आन्दोलित भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर आन्दोलन भइरहेको छ । नागरिक अगुवाको आह्वानमा भएको प्रदर्शनमा स्वास्थ्य शिक्षा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसी पनि सहभागी भएका हुन्।

संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको भन्दै त्यसको विरोधमा आन्दोलनमा सहभागी भएको डा. केसीको भनाई छ। संविधानको रक्षाका लागि आफूहरुको आन्दोलन रहेको उनीहरुले बताएका छन्।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  ३ : ०२ बजे