२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

आफ्नो अयोग्यताबाट बच्न ओलीले संसद विघटन गरेः विष्णु पन्थी



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अयोग्यताबाट बच्न संसद विघटन गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले तीन बर्ष लगाम विनाको घोडाको रुपमा सरकार चलाउँदा असफलता नै असफलता भएपछि त्यसबाट बच्न संसद विघटन गरेको सांसद पन्थीले जिकिर गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कृष्णनगर नगर कमिटीले शनिबार राखेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पन्थीले सरकार सबैको हाई हाई हुनुपर्नेमा बाई बाई भएपछि असंबैधानिक कदम चाल्न ओली बाध्य भएको बताउनुभयो ।

ओलीले मलाई काम गर्न दिएनन् भन्दै गलत प्रचार गरेको भन्दै तीन बर्ष सरकारको नेतृत्व गर्दा रेल, पानी जहाज, हावाबाट विजुली, घरघरमा ग्यासको पाइप किन ल्याउन नसकेको भन्दै प्रश्न गर्नुभयो । पार्टीले सबै काम गर्न दिएपनि ओलीलाई एससीसी पास गर्न नदिएको प्रष्टाउनुभयो । त्यही एमसीसी पास गर्न नपाए पछि ओलीले मलाई काम गर्न दिएनन् भन्दै झुटो प्रचार गर्दै हिडेको बताउनुभयो ।

नेपाली जनताले ५ बर्ष शासन गर भनेर नेकपालाई बहुमत दिएपनि ओलीले व्यक्तिगत लहड र सनकको भरमा संसद विघटन गरेर प्रतिगामी कदम चालेको उहाँले आरोप लगाउनुभयो । पार्टीको विधान, पद्धति, मूल्यमान्यतालाई तिलाञ्जली दिएर ओली निरङ्कुश शासक बन्न खोजेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओली संविधान भन्दा माथि हुन नसक्ने भन्दै पूर्व चार जना प्रधानन्यायधिसले संसद विघटनलाई असंबैधानिक कदम भन्दै विज्ञप्ति निकाले पछि ओली समूहका नेतालाई १ सय ४ डिग्रीको ज्वरो आएको बताउनुभयो ।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  १० : ११ बजे