वन संरक्षण सम्बन्धी २ दिने तालिम सकियो


मायादेवी अनलाइन, जितपुर ।

वाणगंगा नगरपालिका वडा नम्बर २ मा संचालित वन संरक्षण सम्बन्धी २ दिने तालिम सकिएको छ । यहि पौष २६ गतेबाट वडा कार्यलयमा सुरु भएको तालिममा विभिन्न ८ सामुदायिक वनका एक सय पदाधिकारी सहभागी थिए । तालिममा वनका उपभोक्ताहरुलाई सब डिभिजन वन कार्यलयका प्रमुख खिल बहादुर तामाङ र अमन अर्यालले वन संरक्षण सम्बन्धी प्रशिक्षण दिनुभएको छ ।

उहाले वन संरक्षका उपाय र वन संरक्षणको महत्वबारे जानकारी गराउनुभएको हो । २ दिन सम्म संचालन भएको तालिम निकै प्रभावकारी रहेको सहभागीले बताएका छन् । उनिहरुलाई यस प्रकारका तालिमहरु अन्य दिनमा पनि संचालन गर्न आग्रह गरे । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले वनको संरक्षणमा जोडदिनुपर्ने बताउनुभयो । उहाले वनको अपनत्व लिदै यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । समापन कार्यक्रम वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता र सचिव नरेन्द्र पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस