थप चार सय ८८ जनामा कोरोना भाइरस


काठमाडौं ।
नेपालमा सोमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ ।

सोमबारसम्म नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै गएको २४ घण्टामा पाँच सय २७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म दुई लाख ५८ हजार नौ सय ६८ जनाले कोरोनालाई जितेका छन् ।

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय २७ पुगेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस