३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

प्रतिगामी कदम विरुद्ध नेकपा कपिलवस्तुले गाड्यो चोक चोकमा कालो झण्डा



मायादेवी अनलाइन, वाणगंगा ।
संसद विघटनको विरोध स्वरुप चरणबद्ध कार्यक्रम घोषणा गरेको प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले मंगलबार जिल्लाका विभिन्न स्थानमा कालो झण्डा गाडेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघट गरी प्रतिगामी कदम चालेको भन्दै नेकपा कपिलवस्तुले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका विभिन्न स्थानमा कालो झण्डा गाडेको हो ।

संसद विघटन गरेपछि पार्टी अनुशासनको कारबाहीबाट अध्यक्ष हटाइएका ओलीले चालेको कदमलाई विरोध स्वरुप पार्टीको केन्द्रिय कार्यक्रम अनुसार वाणगंगाका विभिन्न स्थानमा विरोध स्वरुप कालो झण्डा गाडिएको नेकपा वाणगंगा नगर कमिटी अध्यक्ष टेकेन्द्र कुमार क्षेत्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरी पश्चगामी कमद चालेकाले नगरका विभिन्न स्थानमा कालो झण्डा गाडेर विरोध गरिएको नेकपा बुद्धभूमि नगर कमिटी सचिव बसन्त गिरीले बताउनुएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७ मंगलबार ००:००  ११ : ०३ बजे