२० जेष्ठ २०८१, आइतबार | Mon Jun 3 2024

सुनको भाउ आज ४ सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  १ : १० बजे