१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

यी तीन रोगका बिरामीले सुन्तला खान हुँदैन



काठमाडौं ।
सुन्तला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा पोषक तत्व र गुण भरपुर हुन्छ। साथै यसले शरीरबाट हानिकारक तत्व निकाल्न पनि सहयोग गर्छ ।

तर, यही सुन्तला केही बिरामीहरूका लागि हानिकारक सावित हुन सक्छ ।

पाचनसम्बन्धी समस्या

जसलाई पाचनसम्बन्धी समस्या छ, उसले सुन्तला खानु हुँदैन ।

सुन्तलामा फाइबरको मात्रा अधिक हुन्छ। यदि तपाईंले धेरै सुन्तला खानु भयो भने तपाईंको स्वस्थ्यलाई हानि पुग्न सक्छ । पाचन प्रणालीमा असर पुग्न सक्छ। त्यसैले यस्तो समस्या भएका बिरामीले सुन्तला खानबाट बच्नुपर्छ ।

दाँतसम्बन्धी समस्या

धेरै सुन्तला खानाले दाँतमा समस्या हुन सक्छ। सुन्तलामा एसिड हुन्छ, यो दाँतको इनेमलमा रहेको क्याल्सियमसँग जोडिन्छ र ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ। यसबाट क्याबिटी पनि हुन सक्छ।

एसिडिटी

जसलाई एसिडिटीको समस्या छ, उनीहरूले सुन्तला खान हुँदैन।

यसले समस्या झन् बढाउन सक्छ। यसको प्रयोगले तपाईंको निधार र पेटमा समस्या हुन सक्छ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ५ : १२ बजे