१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रचण्डको ओलीलाई जवाफः सिंगो देश स्तब्ध छ, तपाई हसाउँदै हिँड्नू, त्यो हामी सक्दैनौँ



काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सिंगो देश स्तब्ध रहेको बताएका छन्।

यस्तो बेला हाँस्न नसकिने उनको भनाइ छ।प्रधानमन्त्री ओलीले आफूले जनता हसाउँदा प्रचण्डलाई पीर परेको अभिव्यक्ति दिएपछि जवाफमा प्रचण्डले प्रतिनिधि सभा विघटनपछि देश स्तब्ध भएका बेला हाँस्न नसकेको बताएका छन्।

आज काठमाडौंमा युवा संघले गरेको कार्यक्रममा प्रचण्डले भने, ‘मैले मिडियामा हेरेँ( हाम्रो प्रधानमन्त्रीजीले भन्नुभए, मैले हँसाएर किन पीर परेको होलारु त्यो मलाई नै भनेको हो उहाँले। उहाँले हँसाएकोमा मलाई किन पीर परेको होला भनेर प्रश्न गर्नु भएको रहेछ। मलाई किन पीर परेको भने, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ। तपाई हाँस्दै हिँड्नू । त्यो गर्न हामी सक्दैनैँ।’

उनले घरपरिवारका सदस्य मरेपछि त्यसबेला हाँस्न नसकिने पनि बताए। ‘बाआमा मरेपछि परिवारमा चिन्ता हुन्छ त्यसबेला हामी हाँस्न सक्दैनौं,’ उनले भने, ‘तपाईं त्यस्तो मानिस हुनु हुँदो रहेछ। हिजो गणतन्त्र ल्याउने आन्दोलनमा जनता उत्सव मनाउँदै थिएँ, त्यसबेला बयलगाडाको कथा हाल्दै हुन सक्दैन भनेर रूँदै हिड्नुभएको थियो । ’

संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गर्दा सिंगो देश स्तब्ध भएको उनले बताए। ‘जतिबेला जनता गणतन्त्रको उत्सब मनाइरहेका थिए त्यसबेला तपाईं रूँदै हिड्नुभयो। आज संविधानमाथि तपाईंले प्रहार गर्दा सिंगै देश स्तब्ध छ तर तपाईं हाँस्दै हुनुहुन्छ,’ उनले भने, ‘तर यो जोकरको जोकिङ मात्रै हो।’

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  २ : ४६ बजे