१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रतिनिधिसभा विघटनको मुद्दामा अब दैनिक सुनुवाइ हुने



काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा चाँडो किनारा लगाउँन अब संवैधानिक इजलासमा दैनिक सुनुवाइ हुने भएको छ । आइतबारको बहस सकिएपछि सोमबार पनि सुनुवाइ हुने जानकारी दिइएको हो ।

यसअघि संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्ने गरेको थियो । तर प्रतिनिधिसभा विघटनको मुद्दामा राष्ट्रको चासो रहेको र चाँडो किनारा नलगाउँदा वैशाखमा निर्धारित निर्वाचनमै असर पर्ने भएकाले दिनहुँ सुनुवाइ हुने भएको हो ।

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ४ : ५० बजे