१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो सात सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

चाँदीको भाउ भने आज हिजोजस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  १२ : ४३ बजे