२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

ओलीले घुँडा नटेकेसम्म आन्दोलन रोकिदैन्ः झलनाथ खनाल



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताएका छन्।
ओलीले असंवैधानिक तरिकाले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेकोले जनता आन्दोलनमा उत्रिएको उनको भनाइ थियो।

प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै खनालले ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकिएको र पार्टीबाट निष्कासन गर्ने तयारी रहेको बताए।

‘केपी ओलीलाई पार्टीबाट हामीले निष्कासन गरेका छौं। अब उहाँ कमरेड रहनुभएन,’ उनले भने, ‘ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्।’ ओलीले सानो गुट बनाएको पनि बताए।
उनले कुन पार्टी आधिकारिक पार्टी हो सडकमा आएर हेर्न निम्ता दिएका छन्। उनले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै संविधान बाहिर गएर सर्वोच्चले निर्णय नगर्ने पनि विश्वास व्यक्त गरेका छन्।

‘सर्वोच्चले संसदको पुनर्स्थापना गर्छ। योभन्दा अर्को विकल्प हामीसँग छैन,’ उनले भने, ‘कोही भ्रममा पर्नु पर्ने आवश्यकता छैन।’

प्रकाशित मिति : ९ माघ २०७७ शुक्रबार ००:००  ४ : ०४ बजे