१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

न्यानो कपडा बाड्दै मेयर श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ न्यानो कपडा (कम्वल) वितरणमा व्यस्त देखिनुभएको छ ।

नगरपालिकाका १० वटै वडामा १०/१० जनाका दरले गरिब तथा विपन्न बर्गका अपाङ्गहरुलाई न्यानो कपडा (कम्वल) बाड्न नगर प्रमुख श्रेष्ठ व्यस्त देखिनुभएको हो ।

शुक्रबार नगरका दुई स्थानमा कार्यक्रम आयोजना गरी नगर प्रमुख श्रेष्ठसहितको टोलीले कम्वल वितरण गरेको हो ।

बुद्धभूमि नगरपालिका र फ्यूचर अफ होपको संयुक्त साझेदारीमा वितरण गरिएको उक्त न्यानो कपडा प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्ति खुसी देखिन्थे ।

No description available.

शारीरिक रुपमा असक्त, त्यसैमा विपन्नताले गर्दा यो चाडोमा कठ्याङ्ग्रिदो जाँडोमा कम्वल पाएपछि लक्षित समुदाय खुशी भएका हुन् ।

वडा नं. ५ चौरीमा न्यानो कपडा वितरण गर्दै नगर प्रमुख श्रेष्ठले आर्थिक रुपमा विपन्न समुदाय भित्रका अपाङ्गता भएका व्यक्तिलाई यो जाडोमा केही भएपनि राहत होस भनेर कम्वल वितरण गरिएको बताउनुभयो । नगरपालिका र फ्यूचर अफ होपको साझेदारीमा नगरका १० वटा वडाका १ सय जना व्यक्तिलाई कम्वल वितरण गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

साथै उहाँले तत्काल नगरपालिकाबाट विपन्न, दलित तथा गरिब घरपरिवारलाई न्यानो कपडा (सिरक) वितरण थालिने उहाँले उद्घोष गर्नुभयो ।

अपाङ्ग लक्षित कार्य सञ्चालन उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा फ्यूचर अफ होपका कार्यक्रम संयोजक कवि थापा, सूर्य गिरी, वडा नं. ५ का वडाध्यक्ष बेचन प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन अनिल अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७ शुक्रबार ००:००  १० : २१ बजे