१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

लाइसेन्सको लागि आवेदन दिनेको संख्या धेरै, परीक्षाका लागि ५ महिनासम्म कुर्नुपर्ने



काठमाण्डौ ।

गाडीको लाइसेन्स लिन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिए पनि परीक्षाका लागि लामो समय कुर्नुपर्ने समस्या तत्काल नहट्ने भएको छ । अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले जनाएको छ । र त्यसै सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिनुभयो ।

अहिलेको भौतिक संरचना बढाउने काम नभएको तर आवेदकको संख्या भने बढेकाले समस्या भएकोले आवेदन दिने बित्तिकै परीक्षा दिन पाउने भन्ने नभएको उहाँको भनाइ रहेको छ ।
आवेदन दिएकाहरुमध्येबाट कार्यालय खुलेको दिन एक सयदेखि १ सय ५० जनासम्मलाई बोलाएर परीक्षा लिने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  १२ : ५२ बजे