१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाको जित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एस्टन भिल्ला विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

एस्टन भिल्लाका लागि दुवै गोल पहिलो हाफमा भएको हो । उसका लागि १३ औँ मिनेटमा ओलिइ वाट्किन्स र ४२ औँ मिनेटमा बेर्ट्रान्ड ट्राओरीले गोल गरेका हुन् ।

जितपछि एस्टन भिल्ला १७ खेलबाट २९ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको न्यूक्यासल १९ खेलबाट १९ अंकसहित १६ औँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७७ आइतबार ००:००  ७ : ३९ बजे