१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

एफए कपः लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा



एजेन्सी ।
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।

ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।

तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो। त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेस नायक बने ।

खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३=२ को जित दिलाए । अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको सामना गर्नेछ । यस्तै सेफिल्ड वेनस्डेलाई ३=० ले हराएर एभर्टन पनि पाँचौं चरणमा पुगेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  ९ : ५५ बजे